३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्लास्टिकका फोहर व्यवस्थापन राष्ट्रिय अभियान : मन्त्री भुसाल

सन्जु पौडेल

(तिलोत्तमा) — कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्लास्टिकका फोहर व्यवस्थापन कार्य राष्ट्रिय अभियान बन्‍ने बताएका छन् । हरेक स्थानीय तहदेखि संघीय सरकारले नै यसबारे अभियान थाल्नुपर्ने उनको भनाइ थियो । 

प्लास्टिकका फोहर व्यवस्थापन राष्ट्रिय अभियान : मन्त्री भुसाल

शुक्रबार तिलोत्तमा नगरपालिका कार्यालय परिसरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री भुसालले नगरपालिकास्तरबाट सुरु भएको वातावरण संरक्षणको यात्रा देशव्यापी हुने उनले बताए । उक्त अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुकमै पहिलो पटक शून्य पोलिथिन र पूर्ण सरसफाइउन्मुख नगरपालिका घोषणा गरिएको छ ।


फरक प्रसंगमा मन्त्री भुसालले कृषि क्षेत्रमा नयाँ काम गर्न थालेको बताए । 'इतिहासको विकासमा कृषिको फड्को हेर्दा ठूलै निर्णय लिने दिशातर्फ लैजाँदै छ', उनले भने, '६० वर्षसम्म उही स्थानमा रहेको कृषि क्षेत्रलाई फड्को मार्नबाट रोक्ने बाधाबारे अध्ययन गर्दैछु ।' अब कृषि कसरी बाँच्छ भन्नेबारे फराकिलो ठाउँबाट अध्ययन गर्नुपरेकाले कृषिमा भएको परिवर्तनमा सन्तुष्ट रहेको उनले बताए ।


कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले तिलोत्तमाका छिमेकी स्थानीय तहहरुलाई पनि सिकाउँदै शून्य पोलिथिन अभियान राष्ट्रिय रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।


प्रकाशित : फाल्गुन ३०, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?