१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बर्दियाका मुख्य सीमा नाका बाहेक सबै बन्द गरिने

कमल पन्थी

बर्दिया — छिमेकी मुलुक भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउमा सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि बर्दिया प्रशासनले मुख्य नाकाबाहेक सबै सीमा बन्द गर्ने तयारीमा लागेको छ ।

आइतबार बर्दियाको ठाकुरद्धारामा भारतको बहराईच, बलरामपुर र श्रावास्ती जिल्लाका डिएम (प्रमुख जिल्ला अधिकारी) सहित सुरक्षा अधिकारीको बैठकले उक्त निर्णय गर्ने भएको छ । बैठकमा बर्दिया, बाँके र दाङका प्रजिअ लगायत सुरक्षा अधिकारीको बैठक बस्दै छ । प्रजिअ प्रेमलाल लामिछानेले जिल्लाको राजापुर र गुलरियाको मुख्य नाका बाहेक सबै सीमा क्षेत्र सिल गर्ने तयारीमा लागेको बताए । दाङ र बाँकेको हकमा सीमा नाका बन्द गर्नेबारे त्यहाँका सुरक्षा अधिकारीले भारतीय समकक्षीसँग प्रस्ताव राख्नेछन् । सबै नाका खुल्ला रहँदा कोरोनाको उच्च जोखिम हुने भएकोले नेपाली सुरक्षा अधिकारीले यस्तो प्रस्ताव अघि सार्ने भएको छ ।

यसैगरी दुवै मुलुकसँग जाडिएको मुख्य सीमा नाकामा हेल्थ डेस्क लगायत सुरक्षाका विषयमा छलफल गरिने प्रजिअ लामिछानेले बताए । जिल्लामा औषधि लगायत खाद्यान्न पर्याप्त भएपनि कमी हुन नदिन उद्योग वाणिज्य संघ लगायतसँग शनिबार जिल्ला प्रशासन कार्यालयमा बैठक बस्ने भएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?