लुम्बिनी

जुवा खेलेको आरोपमा १० पक्राउ

जुवा खेलेको अभियोगमा प्रहरीले शुक्रबार घोराहीमा १० जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ लखनपार्कस्थित रोल्पाली सृष्टि खाजा घरका सञ्चालिकासहित १० जनालाई १ लाख ७१ हजार ५ सय ८० रुपैयाँसहित पक्राउ गरेको हो ।

१७ लाख घूससहित नापीका ६ कर्मचारी पक्राउ

जिल्ला नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी १७ लाख रुपैयाँ घूससहित शुक्रबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसनधान आयोगको बुटवल कार्यालयबाट गएको टोलीले घूस लिँदै गर्दा श्रेष्ठसहित नापी सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याललाई पक्राउ गरेको आयोग केन्द्रीय प्रवक्ता प्रदीप कोइरालाले बताए ।

प्लास्टिकका फोहर व्यवस्थापन राष्ट्रिय अभियान : मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्लास्टिकका फोहर व्यवस्थापन कार्य राष्ट्रिय अभियान बन्‍ने बताएका छन् । हरेक स्थानीय तहदेखि संघीय सरकारले नै यसबारे अभियान थाल्नुपर्ने उनको भनाइ थियो । 

बर्दियाका मुख्य सीमा नाका बाहेक सबै बन्द गरिने

छिमेकी मुलुक भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउमा सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि बर्दिया प्रशासनले मुख्य नाकाबाहेक सबै सीमा बन्द गर्ने तयारीमा लागेको छ ।

सहमतिबाटै राजधानीको टुंगो : मुख्यमन्त्री

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थायी राजधानी माग गर्ने नभई निर्माण गर्ने विषय भएकाले ‘संवेदनशीलता’ बुझ्न आग्रह गरेका छन् । दुई वर्षसम्म पनि प्रदेशको नाम र राजधानी नसल्टिँदा जनदबाब बढेको छ ।

शौचालय बनाउन वन फँडानी

पश्चिम नवलपरासीको बर्दघाटस्थित पारिजात सामुदायिक वनमा सयौंको संख्यामा रूख काटिएका छन् । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यस क्षेत्रमा सिसौ, साल, किटका रूख काटिएका हुन् ।

मुख्य सडकमा दिनैपिच्छे दुर्घटना

तरकारी खरिद गर्न गत बुधबार रुपैडिया (भारत) जाने तर्खरमा थिइन् । भित्री सडक हुँदै रत्न राजमार्गअन्तर्गत पिपरी चोक पुगेपछि उनको साइकलको चेन फुस्कियो । सडक किनारमा रोकेर कोहलपुर–९ की ४५ वर्षीया रामपति थारुले साइकल बनाउन थालिन् ।

फाल्गुन २९, २०७६

प्रदेश ५ को रिक्त सांसदमा कांग्रेसद्वारा गिरीको नाम सिफारिस

नेपाली कांग्रेसले प्रदेश ५ को समानुपातिकतर्फको रिक्त सांसदमा शंकर गिरीलाई सिफारिस गरेको छ । प्रमुख निवार्चन आयुक्त दिनेशचन्द्र थपलियाले रिक्त पदमा कांग्रेस केन्द्रीय कार्यालयबाट गिरीको नाम सिफारिस भएको जानकारी दिए । 

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद

कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला भएको छ । 

बस र अटो रिक्सा ठोक्किँदा एकको मृत्यु

बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो बिहीबार बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

राजधानी अझै अनिश्चित

अन्य प्रदेशले स्थायी राजधानी र नामकरण टुंगो लगाएपछि प्रदेश ५ मा पनि त्यसको दबाब निरन्तर बढ्दो छ । सरकारले चासो नदेखाएपछि अहिले सडक र सदन दुवैतिर तीव्र दबाब बढेको हो । सडकदेखि चियापसलसम्म पनि स्थायी राजधानीकै चर्चा चुलिएको छ । 

घरदेखि कार्यालयसम्म जिम्मेवारी

धनमाया घर्तीमगर विद्यालय तहमै चिकित्सक बन्ने कल्पना गर्थिन् । घरायसी अवस्था सम्झेपछि मन खुम्चिन्थ्यो । दाउरा–घाँस गरेर उनले गाउँकै विद्यालयबाट एसईई उत्तीर्ण गरिन् ।