२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मगरात–थरुहट नामकरण गर्न माग

कान्तिपुर संवाददाता

तिलोत्तमा — नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ ले शुक्रबार प्रदेश नं ५ सभाका सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको छ । 

मगरात–थरुहट नामकरण गर्न माग

प्रदेश ५ को मगरात–थरुहट नामकरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै सभामुख घर्तीमगरले आदिवासी जनजाति महासंघको मागलाई सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।


महासंघले स्वायत्त, संरक्षित र विशेष क्षेत्रहरुको सुनिश्चितता, प्रदेश ५ मा सरकारी कामकाजी भाषाको रुपमा मगर, थारु र अवधी भाषालाई मान्यता दिनुपर्ने, प्रदेश ५ मा आदिवासी जनजाति प्रतिष्ठान तत्काल गठन गर्नुपर्ने लगायत माग राखेको छ ।

प्रकाशित : फाल्गुन १६, २०७६ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?