कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सिद्धबाबा क्षेत्रमा ढुंगा खसेर मोटरसाइकल चालक घाइते 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा बुधबार ढुंगा खस्दा गुडिरहेको मोटरसाइकलमा सवार ४८ वर्षीय महेन्द्रप्रसाद श्रेष्ठ घाइते भएका छन् । 

सिद्धबाबा क्षेत्रमा ढुंगा खसेर मोटरसाइकल चालक घाइते 

लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा बुटवलबाट गुल्मी आइरहेका श्रेष्ठ दोभान र सिद्धबाबाबीचको नागमन्दिर नजिकै माथिबाट खसेको ढुंगा लागेर घाइते भएको प्रहरीले जनाएको छ । रेसुङ्गा नगरपालिका–८, का उनलाई उपचारका लागि तत्काल लुम्बिनी प्रोदेशिक अस्पताल बुटवल पठाएको दोभानका प्रहरी नायब निरीक्षक बालबहादुर घर्तीमगरले बताए ।


सिद्धबाबा क्षेत्रमा मंगलबारसमेत ढुंगा खसेर केही समय बाटो अवरुद्ध भएको थियो । राजमार्गको दोभानदेखि सिद्धबाबा क्षेत्रसम्म माथिल्लो भागबाट ढुंगा खसेको देखिएको यात्रु लक्ष्मण रेग्मीले बताए । ‘बाटैभरि ढुंगा खसेको देख्दा बुटवल आउन जान पनि मुटु दहृो बनाएर हिँड्नुपर्छ,’ उनले भने । यस क्षेत्रमा हिउँद होस् वा वर्षायाममा माथिल्लो भागबाट खस्ने ढुंगा र धुले पहिरोले बर्सेनि कम्तीमा १० यात्रुले ज्यान गुमाउने र कैयौं सवारी साधनमा क्षति पुग्ने गरेको छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?