२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सरकारले जनमतको कदर गरेन : कांग्रेस

दुर्गालाल केसी

दाङ — कांग्रेस केन्द्रीय नेताहरुले सरकारले जनमतको कदर गर्न नसकेको आरोप लगाएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेसनले सोमबार घोराहीमा आयोजना गरेको ‘शान्ति प्रक्रियामा कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा सहभागी नेताहरुले सरकार विभिन्न दलदलमा फसेको बताए ।

सरकारले जनमतको कदर गरेन : कांग्रेस

कांग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले जनताको मतको सम्मान गर्न नसकेको बताए । भ्रष्टाचार र अनियमिततामा सरकारका जिम्मेवार व्यक्तिहरु जोडिदै जानु लज्जास्पद भएको उनले बताए । फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले सरकारले विभिन्न झुटा आश्वासन दिने र जनतालाई झुक्याउने काम गरिरहेको बताइन् । शान्ति प्रकृयासँगै देशलाई नयाँ गति दिन कोइरालाको योगदान अतुलनिय रहेको उनले बताइन् ।


केन्द्रीय सदस्य गगन थापाले सरकार संविधान कार्यान्वयनको पक्षमासमेत कमजोर देखिएको बताए । कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीलगायतले कोइरालाको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित : फाल्गुन १२, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?