पर्यटन प्रवर्द्धन गर्न भरतपुर–लुम्बिनी मोटर र्‍याली

मनोज पौडेल

काठमाडौँ — पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर–लुम्बिनी शनिबार मोटर र्‍याली गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै दुई महत्वपूर्ण पर्यटकीय गन्तव्य एक आपसमा जोड्न मोटर र्‍याली आयोजना गरिएको हो । 

पर्यटन प्रवर्द्धन गर्न भरतपुर–लुम्बिनी मोटर र्‍याली

र्‍याली भरतपुरस्थित नारायणी नदी किनारबाट सुरु भइ पूर्व पश्चिम राजमार्ग हुँदै बुटवल पुगेको थियो । बुटवलबाट रामापुर कोलोनी हुँदै लुम्बिनी आएको थियो ।

लुम्बिनीमा लुम्बिनी विकास कोष र होटल संघ लुम्बिनीका पदाधिकारीले र्‍यालीका सहभागीलाई स्वागत गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नेतृत्वमा १ सय ५० मोटर कार यहाँ आएका थिए ।

र्‍यालीपछि लुम्बिनीस्थित बेबी बुद्धमा आयोजित कार्यक्रममा बोल्दै मेयर दाहालले लुम्बिनी र भरतपुरलाई एक आपसमा अझ नजिक बनाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन र्‍याली गरिएको बताइन् । ‘यी दुई ठाउँको पर्यटकीय विकासका लागि अपार सम्भवना छ,’ उनले भनिन्, ‘त्यसैको यो सुरुवात गरेका हौं ।’ भविष्यमा दुई नगरपालिका मिलेर धेरै काममा सहकार्यका योजना बनाएका छौं उनले भनिन् । ‘लुम्बिनीलाई विश्वले चिनेको छ ।’, उनले थपिन्, ‘लुम्बिनीसँगै चितवनलाई पनि चिनाउन खोजेका हौं ।’

लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख जानकीदेवी श्रीवास्तवले आफूहरु हातेमालो गरेर काम गर्न तयार रहेको बताइन् । र्‍याली शनिबारै भरतपुर फर्कियो ।

प्रकाशित : फाल्गुन १०, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?