१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माधव ढुंगाना

भैरहवा — टिपरको ठक्करबाट भैरहवा–लुम्बिनी सडकखण्डमा मंगलबार एक मोटरसाइकल यात्रुको ज्यान गएको छ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भैरहवाबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइकललाई भैरहवा–लुम्बिनी सडक खण्डमा पर्ने बनकसीयामा ठक्कर दिँदा मोटरसाइकल यात्रुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका–२ भिलरहवा निवासी ६० वर्षीय रमेश लोध रहेका छन् । घटना पश्चात इलाका प्रहरी कार्यालय लुम्बिनी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले टिपर नियन्त्रणमा लिएको र टिपर चालक फरार रहेकाले उनको खोजी जारी रहेको रुपन्देहीका डीएसपी खड्कबहादुर खत्रीले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?