३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बलात्कारकाे आरोपमा तीन पक्राउ

कान्तिपुर संवाददाता

रुपन्देही — रुपन्देहीको सम्मरीमाई – ३ की १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पीडितले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए । 


गाउँमा सञ्चालन भइरहेको महायज्ञमा ३ युवाले किशोरीको घर नजिक निर्माणाधिन घरको कोठामा लगि सामूहिक बलात्कार गरेको पीडित किशोरीले बताएको प्रहरीले जनाएको छ । घरमा बुबाआमा नभएका बेला झुक्काएर घर बाहिर बोलाइ बलात्कार गरेको परिवार श्रोतले बतायो ।


यस विषयमा आरोपित तीन युवा तथा किशोरीको मेडिकल परिक्षणको लागि भैरहवास्थित भीम अस्पताल पठाइएको प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए । पीडितलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित : फाल्गुन ५, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?