दाउन्‍नेमा मदारबाबा मेला सुरु

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको दाउन्ने डाँडामा सोमबारदेखि १० दिनसम्म लाग्ने मदारबाबाको मेला सुरु भएको छ । 

ZenTravel

भारतको उत्तर प्रदेशका धर्मगुरु मदार बाबाले ५ सय वर्षअघि दाउन्ने पर्वतमा तपस्या स्थललाई मदारबाबा थान भनिन्छ। मुस्लिम धर्मगुरुले मदारको (चोप भएको रुख) दूध खान्थे भन्ने विश्वास रहेको छ। त्यसैले उनलाई मदारबाबा भनिएको हो भन्ने कथा छ।

Meroghar

भारतको दिल्ली , लखनउ , कानपुर ,वाराणासी लगायतका क्षेत्रबाट लाखौं भक्तजनहरु हरेक वर्ष यहाँ आउने गर्दछन।

प्रकाशित : माघ २९, २०७६ १९:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

१५ सेकेण्डको सीसीटिभी फुटेजले पुर्‍यायो प्रहरीलाई लुटेरासम्म, करिब ११५ तोला सुन बरामद

पक्राउ पर्ने तीनजना नै भारतीय नागरिक
स्वरूप आचार्य

काठमाडौँ — माघ २१ मंगलबार राति करिब २ देखि ३ बजेका बीचमा पुल्चोकबाट मंगलबजार जाने बाटोमा पर्ने श्रीबहालस्थित एक सुनचाँदी पसल चोरी भयो । बिहानीपखको मिठो निद्रामा मस्त घरबेटी तथा स्थानीयले काठको ढोका फोडेर पसल भित्र रहेको सेफ गाडीमा हालेर लुटेराहरु भाग्दा पनि कुनै चाल पाएनन् ।

बिहान पसलको ढोका ह्वाङ देखेएपछि शाक्य ज्यास पस: का मालिकको होस हवास नै उड्यो। चोरी भएको स्पष्ट भएपछि हल्लीखल्ली गर्दै स्थानीयले प्रहरीलाई खबर गरे।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट टोली घटनास्थलमा पुग्यो। लुटेराहरुले करोडभन्दा माथि कै लुटपाट गरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाको ललितपुर शाखा पनि अनुसन्धानमा खटियो।

प्रभाग र अपराध महाशाखाको टोलीले एक साताको अनुसन्धानपछि अन्तत: सुनपसल लुटपाट काण्डमा संलग्नहरुको पहिचान गरी पक्राउ गर्न सफल भयो। प्रहरीको अनुसन्धानमा सबैभन्दा ठूलो सहयोगी सावित भयो पसलमा जडान गरिएको सीसीटिभी। लुटेराहरुले पसलमा प्रवेश गरेर सेफ निकाल्नु अघि कैद भएको जम्मा १५ सेकेण्डको फुटेजकै कारण प्रहरी उनीहरुको पहिचान गर्न सफल भयो।

बरामद सेफ प्रहरीको भ्यानमा हालेर लगिदै। तस्बिरः नेपाल प्रहरी।

परिसर प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार लुटपाटमा भारतीयहरुको संलग्नता रहेको खुलेसँगै उनीहरुलाई काठमाडौंको कालिमाटी र सतुंगलमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुरज पोद्दार, चन्दन पोद्दार र रवी पोद्दार रहेका छन्।

'पसलमा रहेको सीसीटीभीमा कैद भएको जम्मा १५ सेकेण्डको भिडियोको सहयोगमा उनीहरुसम्म पुग्न सफल भएका हौं,' परिसरका डीएसपी तामाङले भने।

पक्राउ परेका अभियुक्तहरु । तस्बिरः नेपाल प्रहरी

प्रहरीले उनीहरुकाे साथबाट लगभग ११५ तोला सुन र करिब २५० तोला चाँदी र केही नगद पनि बरामद गरेको छ। डीएसपी तामाङका अनुसार बरामद भएका मध्ये ११२ तोला सुनको पीडितहरुले सनाखत गरिसकेका छन्। 'उनीहरुको साथबाट बरामद भएका अन्य गहनाहरु हेर्दा अन्य केही स्थानमा पनि चोरी गरेको देखिन्छ। त्यसको पनि अनुसन्धान भइरहेको छ।'

उनका अनुसार पसल लुटपाटमा संलग्न सबै काठमाडौंमा फोहर तथा कवाडीका सामान संकलन गर्नेहरु रहेको खुलेको छ। 'उनीहरुले पसल फोडेर सेफ लैजनाका लागि फोहर संकलनको गाडीलाई प्रयोग गरिएको देखिएको छ,' उनले भने, 'हामीले गाडीको पनि पहिचान गरिसकेका छौं। त्यो पनि नियन्त्रणमा लिँदै छौं। ड्राइभर भने भागेकाे छ। उसलाई पनि छिट्टै नियन्त्रणमा लिन्छौैं।'

तस्बिरः नेपाल प्रहरी।

प्रहरीले पक्राउ गरेका तीनैजना नजिका आफन्त रहेको पनि खुलेको छ। उनीहरुले फोहर संकलन गर्ने नाममा दिउँसो रेकी गर्ने र राति चोरी गर्ने देखिएको छ।

उनको भनाइमा यस गिरोहमा अन्य केही व्यक्तिको पनि संलग्नता हुनसक्ने देखिएसँगै अनुसन्धानलाई थप तिव्रता दिइएको छ।

लुटेराहरुले सेफलाई फोडेर त्यहाँ रहेको गरगहना र पैसा निकालेर सेफ भने सतुंगलमा रहेको बल्खु खोलामा फ्याँकेका थिए। प्रहरीले खोलाबाट सेफ पनि बरामद गरेको छ।

यो पनि पढ्नुहोस्ः

पसल फोडेर ११५ तोला सुन लुट्ने ३ भारतीय सतुंगलबाट पक्राउ

प्रकाशित : माघ २९, २०७६ १९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×