२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दुई वर्षमा प्रदेश ५ को सभाले पारित गर्‍यो ४८ विधेयक

घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ को सभाले दुई वर्षमा ४८ वटा विधेयक पारित गरेको छ । पारित विधेयक प्रमाणित पनि भएका छन् । प्रदेशसभा स्थापना भएको दुई वर्ष पुगेको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रदेश ५ मा चार अधिवेशन सकिएका र ति अधिवेशनले ४८ विधेयक पारित गरेको जानकारी दिइएको हो । 

दुई वर्षमा प्रदेश ५ को सभाले पारित गर्‍यो ४८ विधेयक

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले प्रदेशसभा शुरु भएपछिको ७ सय ३० दिन मध्ये ४ अधिवेशनका १ सय ८ दिनमा १ सय १५ वटा बैठक भएका जानकारी दिए । अहिलेसम्म १ सय ३२ घण्टा २६ मिनेट बैठक बसेको जानकारी उनले दिए ।


विधेयक छलफलका लागि प्रदेशसभाले ६ विषयगत समिति बनाएको छ । स्थापना दिवसको कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवले गमलाको बिरुवामा पानी राखेर सुरुवात गरे । प्रदेश ५ मा २०७४ माघ ७ गते प्रदेशसभा सदस्यले सपथ लिएका थिए । माघ २१ गते पहिलो बैठक बसेको थियो । पहिलो बैठक बसेको दिनलाई सचिवालयले गतवर्ष देखि प्रदेश स्थापना दिवस मनाउन सुरु गरेको थियो ।


प्रदेश सरकारले भने मुख्यमन्त्रीले सपथग्रहण गरेको दिनलाई प्रदेश स्थापना दिवस घोषणा गरेर फागुन ३ लाई स्थापना दिवस मनाउने गरेको छ ।


स्थापना दिवसकै अवसर पारेर प्रदेशसभा सचिवालयका पूर्वसचिव सुरेन्द्रप्रसाद अर्याल, मानबहादुर वीके र प्रेमप्रसाद भट्टराईलाई सम्मान गरियो । त्यस्तै सचिवालयका तर्फबाट शाखा अधिकृत पुनाराम पौडेल, नासु बिवस बोहोरा, हलुका सवारी चालक रमानसिंह पुन र लक्ष्मी गौतम, मर्यादापालकबाट लुटजंग खड्कालाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित : माघ २१, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?