कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सैनिक परिवारलाई तालिम र सहायता 

दाङ — प्रधानसेनापति पूर्णचन्द्र थापाले बहालवाला र निवृत्त सैनिक तथा उनीहरूका परिवारका लागि विभिन्न सहायताका कार्यक्रम सार्वजनिक गरेका छन् । देशको सेवा गरिसकेपछि विना उद्यम घरमा बस्नुपर्ने या विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न विभिन्न उद्यमशील कर्जाका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

सैनिक परिवारलाई तालिम र सहायता 

‘सुलभ ब्याजदरमा सैनिक परिवारलाई उद्यमशील महिला कर्जा व्यवस्था गरिएको छ,’ आइतबार यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले भने, ‘यस्ता सुविधाको फाइदा उठाएर उद्यम गर्नुस् । अवकाशपछि विदेश जानु नपरोस् ।’ सैनिक र उनीहरूका परिवारलाई आत्मनिर्भर गराउन ऋण सुविधा दिने व्यवस्था रहेको उनले बताए ।


संघीय संरचना अनुसार प्रदेश स्तरमा स्वास्थ्य, शिक्षा र आयआर्जनका काममा सेवा दिने तयारी थालिएको उनले बताए । ‘नेपालीलाई आफ्नै देशमा स्वरोजगार होस् भनेर अवकाशप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारलाई कृषि, पशुपालन र अन्य तालिम दिइरहेका छौं,’ उनले भने, ‘अवकाशमा जाने सैनिकलाई उद्यमी बनाउन सबै प्रदेशमा व्यवसाय र उद्यम तालिम केन्द्रहरू बनाउन थालेका छौं ।’


प्राविधिक शिक्षा र तालिम परियोजनाहरू सबै प्रदेशमा सञ्चालन गर्ने तयारीमा रहेको थापाले बताए । सैनिक कल्याणकारी कोषमा ८ लाख बढी हिताधिकारी रहेको र उनीहरूलाई विभिन्न लघुवित्तका कार्यक्रममार्फत उद्यमी बनाउने प्रयास थालेको उनले बताए । ‘सैनिकको जीवनस्तरमा परिवर्तन महसुस गर्ने खालका काम गर्दै छौं । सैनिकले समाजमा आदर्श र चरित्रवान् मात्रै होइन, सफल उद्यमीको भूमिका पनि निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘जनता र नेपाली सेनाबीचको सम्बन्ध प्रगाढ बनाई हाम्रो छवि अझै उच्च बनाउन जरुरी छ ।’ घाइते, अपांग सैनिकको स्याहारका लागि भत्ताको व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित : माघ १३, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?