प्रदेश ५ को सभाले पारित गर्‌यो शोक प्रस्ताव 

रासस

काठमाडौँ — प्रदेश ५ को  प्रदेशसभा बैठक सांसद बलदेव शर्मा पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगन भएको छ । प्रदेशसभामा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता पोखरेलको माघ ६ गते  ८२ वर्षको उमेरमा निधन भएको थियो ।

आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तिले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव पेस गर्दै सभामुख घर्तीले अनूभवि राजनीतिज्ञ पोखरेलको निधनले प्रदेशलाई अपुरणीय क्षति भएको उल्लेख गरे ।

समानुपातिक तर्फका सांसद पोखरेलको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनसमेतमा क्षति भएको सभामुख घर्तीले बताए ।

विसं २०१४ मा कांग्रेसमा आवद्ध भई २०१७ देखि २०२१ सालसम्म जेल जीवन व्यतित गरेका पोखरेलले भूमिगत राजनीतिक जीवन विताएका थिए ।

पोखरेल २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशिल भएका थिए । पोखरेल प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य थिए ।

प्रकाशित : माघ १२, २०७६ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?