कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संस्थागत भ्रष्टाचार बढेपनि नियमन गर्ने सरकार चुक्यो : नेता शाह

तिलोत्तमा — प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नेपालमा संस्थागत भ्रष्टाचार बढ्दै गएको दाबी गरेका छन् । उनले राज्य नै संस्थागत भ्रष्टाचारमा लाग्दा भयावह अवस्था आउन लागेको चेतावनी दिए ।

यहाँ शुक्रबार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचार कम गर्ने नारा मात्रै भट्याउने तर व्यवहारमा त्यसको उल्टो भइरहेको तर्क गरे । ‘म रहेको समितीले बेरुजु फर्स्यौटको काम गरिरहेको छ,’ उनले भने, ‘नेपालमा अहिलेपनि ७ खर्ब बेरुजु छ ।’


अदालत, वाइडबडी, एनसेल, गोकर्ण, बालुवाटार लगायतका काण्डमा छानबिन भइरहेको र कतिपय काण्डमा आफूहरुले गरेको निश्कर्ष नै अन्तिम भएको समेत उनले बताए । शाहले समय आएपछि सबै कुरा छर्लङ हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

फरक प्रसंगमा कांग्रेस नेता शाहले सूचना प्रविधि विधयेक संविधान विपरित र मानव अधिकार विरोधी भएकाले कांग्रेसले पास गर्न नदिने पनि बताए ।

प्रकाशित : माघ १०, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?