कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चक्कु प्रहार गरी बुहारीको हत्या

दुर्गालाल केसी

दाङ — गढवा गाउँपालिका ४ रामनगरका एक वृद्धले बुहारीको हत्या गरेका छन् । ६५ वर्षीय कुलमान कुँवरले आफ्नी २७ वर्षीया बुहारी वसन्ता कुँवरको हत्या गरेका हुन् । 

चक्कु प्रहार गरी बुहारीको हत्या

घरायसी विवादका कारण बुधबार राति वृद्धले बुहारीको पेट, ढाड र छातीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।


चक्कु प्रहारबाट गम्भीर घाइते भएकी कुँवरको उपचारका क्रममा राति कोहलपुर मेडिकल कलेज बाँकेमा मृत्यु भएको उनले जानकारी दिए ।


वृद्धलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी खड्काले बताए ।

प्रकाशित : माघ ९, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?