घूससहित वन कार्यालय प्रमुख पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सवडिभिजन वन कार्यालय प्रमुखलाई घूससहित पक्राउ गरेको छ । 

घूससहित वन कार्यालय प्रमुख पक्राउ

प्रमुख पुष्पराज श्रेष्ठले काठ उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग ५ हजार रुपैयाँ घूस लिएको अवस्थामा बुधबार पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।


प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि अनुसन्धान भइरहेको भुसालले जनाए ।


प्रकाशित : माघ ८, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?