प्रहरीद्वारा बेवारिसे ७ मोटरसाइकल बरामद

कमल पन्थी

(बर्दिया) — प्रहरीले जिल्लाको विभिन्न ठाउॅबाट बेवारिसे अवस्थामा ७ वटा मोटरसाइकल फेला पारेको छ । ती मोटरसाइकल बरामद गरे पनि कसैले आफ्नो भन्दै दाबी गर्न आएका छैनन् । बरामद मोटरसाइकल ५ लाख ८० हजार बराबरका रहेको प्रहरीले जनाएको छ । 

ZenTravel

मोटरसाइकल राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।



प्रकाशित : पुस २४, २०७६ ०८:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

१० हजार घूससहित वन सहायक अधिकृत पक्राउ

कमल पन्थी

बर्दिया — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले १० हजार घूससहित वन सहायक अधिकृत आनन्दप्रसाद साहलाई पक्राउ गरेको छ । सोमबार दिउँसो बबई सव-डिभिजन वन कार्यालय, जयनगर बारबर्दियाबाट उनलाई पक्राउ गरेको अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले बताए ।

वन सहायक अधिकृत साहले काठको लगत मिलाई दिने भन्दै सेवाग्राहीबाट १० हजार घूस लिएको प्रमुख गैरेले जनाए। उनलाई आवश्यक कारबाहीका लागि नेपालगन्जस्थित आयोगको कार्यालयमा लगिने भएको छ।

प्रकाशित : पुस २१, २०७६ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×