गोरु तस्करीमा प्रहरी मौन रहेको भन्दै नेपालगन्जमा विरोध प्रदर्शन 

मधु शाही

बाँके — गोरु तस्करी नियन्त्रणमा प्रहरी प्रशासन मौन रहेको भन्दै सोमबार नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ ।

गोरु तस्करीमा प्रहरी मौन रहेको भन्दै नेपालगन्जमा विरोध प्रदर्शन 

राप्रपा(राष्ट्रिय प्रजातान्त्रीक पार्टी)को युवा संघले नेपालगन्जको राजमार्गमा टायर बालेर विरोध प्रदर्शनी गरेको हो । आइतबार राप्रपाका युवा संघ अध्यक्ष हुकुम केसीले राति साढे १० बजे गोरु तस्करी गरिएको गोप्य सूचना पाएपछि स्थलगत अनुगमनमा पुगेका थिए । जानकी गाउँपालिकाको बुढीयागाउँमा दुई ट्रक गोरु राखेर लैजाँदै गरेको उनले सुनाए ।


जिल्ला प्रहरी प्रशासन बाँकेका एसपी वीरबहादुर ओलीलाई जानकारी गराएर उनी घटनास्थलमा पुग्दा हातहतियारसहित कुटपिट गर्न मान्छे आएको केसीले जनाए । ‘पूर्व सूचना दिँदासमेत प्रहरी घटनास्थल पुगेन’, उनले भने, ‘प्रशासनले सुरक्षा दिन्छु भनेको थियो, त्यहाँ पुग्दा ट्रक घेरेर हातहतियारसहित गुन्डा बसेका थिए ।’ उनका अनुसार एक ट्रकभरी गोरु राखिएको थियो । पटकपटक गाई र गोरु तस्करी भइरहेको जानकारी गराउँदासमेत प्रशासनले यसबारे कुनै कानुनी प्रक्रिया अगाडि नसारेको उनले बताए ।

यसैको विरोधमा नेपालगन्जमा दुई घन्टा चक्का जाम गरिएको थियो । आन्दोलनमा सहभागी विश्व हिन्दु परिषद् बाँकेका अध्यक्ष वृजेशबहादुर सिंहले गौहत्या र तस्करी लुकिछिपी धेरै पटक भएको बताए । प्रशासन मौन रहँदा यसको विरोधमा उत्रिनु परेको उनले सुनाए ।

प्रकाशित : पुस २१, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?