१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१० हजार घूससहित वन सहायक अधिकृत पक्राउ

कमल पन्थी

बर्दिया — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले १० हजार घूससहित वन सहायक अधिकृत आनन्दप्रसाद साहलाई पक्राउ गरेको छ । सोमबार दिउँसो बबई सव-डिभिजन वन कार्यालय, जयनगर बारबर्दियाबाट उनलाई पक्राउ गरेको अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले बताए ।

१० हजार घूससहित वन सहायक अधिकृत पक्राउ

वन सहायक अधिकृत साहले काठको लगत मिलाई दिने भन्दै सेवाग्राहीबाट १० हजार घूस लिएको प्रमुख गैरेले जनाए । उनलाई आवश्यक कारबाहीका लागि नेपालगन्जस्थित आयोगको कार्यालयमा लगिने भएको छ ।


प्रकाशित : पुस २१, २०७६ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?