१० हजार घूससहित वन सहायक अधिकृत पक्राउ
बर्दिया — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले १० हजार घूससहित वन सहायक अधिकृत आनन्दप्रसाद साहलाई पक्राउ गरेको छ । सोमबार दिउँसो बबई सव-डिभिजन वन कार्यालय, जयनगर बारबर्दियाबाट उनलाई पक्राउ गरेको अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले बताए ।
वन सहायक अधिकृत साहले काठको लगत मिलाई दिने भन्दै सेवाग्राहीबाट १० हजार घूस लिएको प्रमुख गैरेले जनाए । उनलाई आवश्यक कारबाहीका लागि नेपालगन्जस्थित आयोगको कार्यालयमा लगिने भएको छ ।