कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा निर्वाचन : प्रदेश‍-५ मा ३ सदस्यका लागि ९ उम्मेदवार 

दुर्गालाल केसी

दाङ — राष्ट्रिय सभा सदस्यका लागि प्रदेश–५ बाट ९ जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न पार्टीका उम्मेदवारले आइतबार जुलुश र झाँकीसहित घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नाम दर्ता गराए ।

राष्ट्रिय सभा निर्वाचन : प्रदेश‍-५ मा ३ सदस्यका लागि ९ उम्मेदवार 

नेकपाबाट महिला समूहमा बिमला घिमिरे, अपांग तथा अल्पसंख्यक समूहमा जगप्रसाद शर्मा र अन्य समूहबाट गोपाल भट्टराइले उम्मेदवारी दर्ता गरे । कांग्रेसबाट महिला समूहबाट गिरिजादेवी न्यौपाने, अपांग तथा अल्पसंख्यक समूहबाट मेराज अहमद् हलवाई र अन्य समूहबाट बालकृष्ण पाण्डेले उम्मेदवारी दर्ता गरे ।

समाजवादी पार्टीबाट अल्पसंख्यक समूहमा सुनिलकुमार सिंघल र अन्य समूहमा कृष्णप्रसाद अहिरले उम्मेदवारी दर्ता गराए । राष्ट्रिय जनमोर्चाबाट अन्यमा शिवप्रसाद पौडेलले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

प्रदेश–५ मा स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ र ८७ प्रदेशसभा सदस्य गरी ३ सय ५ मतदाता छन् ।

प्रकाशित : पुस २०, २०७६ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?