१७ किलो चरेससहित दुई पक्राउ

कमल पन्थी

(बर्दिया) — प्रहरीले १७ किलो चरेससहित दुई जनालाई मंगलवार बिहान पक्राउ गरेको छ । बर्दिया बढैयाताल गाउँपालिका—२ फुटाहामा शंकास्पद अवस्थामा भारततर्फ जाँदै गरेका रोल्पाको रोल्पा नगरपालिका —२ कार्चावाङका २३ वर्षीय सजिन विक र  २४ वर्षीया निर्मला बुढामगरलाई चरेससहित पक्राउ गरेको हो ।

१७ किलो चरेससहित दुई पक्राउ

जमुनी प्रहरी चौकीका इञ्चार्ज सई (प्रहरी नायव निरीक्षक) धनबहादुर केसीको कमाण्डमा खटिएको टोलीले शंका लागि जाँच गर्दा चरेस १७ किलो, भारतीय रुपैयाँ (भारु) ५ हजार र दुई थान मोबाइल सेट बरामद गरेको जनाएको छ । उनीहरुलाई बरामद सामानसहित जिल्ला प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको छ ।


दाङबाट बर्दिया हुँदै भारतको बलैगाउॅबाट दिल्ली जान लागेका दुबै जनालाई कारबाहीका लागि लागूऔषध ऐनअनुसार मुद्दा दायर गरिएको छ ।

प्रकाशित : पुस १, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?