कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दलित विद्यार्थीलाई शैक्षिक सामग्री

प्यूठान — प्यूठान नगरपालिकाले नगरभित्रका दलित र जनजाति समुदायका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । शिक्षामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले लक्षित वर्गको बजेटले शैक्षिक सामग्री प्रदान गरिएको हो । नगरभित्रका १ सय ५० बालबालिकालाई शनिबार झोला, कापी, पोसाक प्रदान गरिएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

नगरभित्रका १० वटै वडाका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको नगरपालिकाले जनाएको छ । शैक्षिक सामग्री वितरणका लागि दलिततर्फको एक लाख र जनजातितर्फको ५० हजार रुपैयाँ खर्च गरिएको हो । नगरपालिकाले यस आर्थिक वर्षबाट विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट असुल्ने शुल्क अत्य गर्ने कार्यक्रमसमेत बनाएको कक्षपतिले सुनाए ।


‘नगरमा पूर्णरूपमा निःशुल्क शिक्षा कार्यक्रम लागू गरेका छौं,’ नगर प्रमुख कक्षपतिले भने, ‘विद्यार्थीले कुनै पनि शुल्क विद्यालयलाई तिर्न पर्दैन ।’ यसका लागि नगरपालिकाले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।


छोराछोरीका लागि नगरपालिकाले नयाँ झोलासहित कापी–कलम उपलब्ध गराएकामा खुसी लागेको अभिभावकले बताए । प्यूठान नगरपालिका–४ की शान्ता नेपालीले कार्यक्रम राम्रो रहेको बताइन् । ‘छोरो विशाललाई लिएर आएकी थिएँ,’ उनले भनिन्, ‘कापी–कलम र लुगाफाटो पाउँदा खुसी भएँ ।’

प्रकाशित : मंसिर २९, २०७६ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?