आशंका बमको, भेटियो चरेस

कमल पन्थी

बर्दिया — ठाकुरबाबा—२ सिंहवाहिनी भुरीगाउँमा सडकमा फालिएको शंकास्पद वस्तु निस्क्रिय पार्दा ११ किलो चरेस फेला परेको छ । स्थानीय सडकमा फालिएको झोला देखेपछि बमको आशंका गर्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

आशंका बमको, भेटियो चरेस

सिंहवाहिनी क्याम्पस नजिक कालो झोला पूर्व पश्चिम राजमार्ग नजिक फेला परेको थियो । शंकास्पद झोला भएको जानकारी पाउना साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पुगेका थिए ।


बम भएको भन्दै निस्क्रिय पार्न खोज्दा झोलाभित्र चरेस फेला परेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए । प्रहरीले राजमार्गमा गुड्ने सवारी साधन तीन घण्टा आउजाउमा रोक लगाएको थियो ।


प्रहरीका अनुसार शुक्रबार बेलुकी राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा तस्करले चरेस फालेर गएको आशंका गरेको बताए ।


प्रकाशित : मंसिर २८, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?