२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मुद्दा दर्ता गर्न नमानेको आरोप

कपिलवस्तु — प्रहरीले बलात्कारको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । मायादेवी गाउँपालिकाकी १६ वर्षीयालाई स्थानीय अजहर तेली मुसलमानले जबरजस्ती करण गरेको किशोरीका परिवारले आरोप लगाएका छन् । आरोपीतलाइ कारवाही माग गर्दै जिल्ला प्रहरी पुगेका परिवारले प्रहरीले जाहेरी लिन नमानेको भन्दै अधिकारकर्मी गुहारेका छन् । 

परिवारका अनुसार १० दिन अघि अजहरले किशोरीलाई सिम सहितको मोबाइल दिएका थिए । त्यसपछि प्रत्येक दिन साँझमा भेटन बोलाउन थाले । उनी गइनन् । घटनाका दिन घर नजिक बारीमा खुर्सानी टिप्दै थिइन् । त्यही बेला बारीमै पुगेर अजहरले उन मुख थुनेर जबजस्ती गरेको किशोरीले बताइन् । ‘बलात्कार लुकाउन दवाव दिए,’उनले भनिन्, ‘कसैलाई भने ज्यान मार्ने धम्की दिए ।’ घटनाको अर्को दिन अजहरले किशोरीलाई धम्काएर मोटरसाइकलमा बसालेर लगे । तीन दिनसम्म अपरिचित ठाँउमा लगेर पटक–पटक बलात्कार गरेको उनले बताइन् । उनी हराएपछि परिवारले खोज्न थाले । होहल्ला मच्चियो ।


त्यसपछि अजहरले लुम्बिनी क्षेत्रमा किशोरीलाई छाडेर भागेको उनका बाबुले बताए । बहिनीलाई लुम्बिनी क्षेत्रबाट गत मंसिर २२ गते साँझ ल्याएको उनको दावी छ । ‘घर आएपछि छोरीले सबै कुरा भनी,’ बाबुले भने, ‘त्यस पछि प्रहरीमा उजुरी दिन गएँ ।’


प्रकाशित : मंसिर २८, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?