कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — स्तरवृद्धि भइरहेको बेनी-जोमसोम सडकमा झरेको पहिरोले यातायात अवरुद्ध भएको छ । शुक्रबार बिहानैदेखि परेको झरीपछि सदरमुकाम बेनीदेखी २३ किमी उत्तर अन्नपूर्ण गाउँपालिका-३ दानाको गुइँठेमा झरेको पहिरोले यातायात पूर्ण अवरुद्ध भएको हो । 

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

सडकदेखि माथिको करिव ५० मिटर लामो भीर झरेर सडक पुरेको हो । सडक अवरुद्ध भएपछि म्याग्दी–मुस्ताङ सोझो सडक यातायात टुटेको छ ।


‘स्तर उन्नत भइरहेको बेनी-जोमसोम सडकको गुइँठेमा पहिरो झरेकोले याायात अवरुद्ध छ । २ वटा डोजरले पहिरो पन्छ्याउने काम भइरहेको छ, शनिबार साँझसम्म पहिरो हटाएर यातायात खोल्न सकिन्छ कि भन्ने अनुमान छ,’ सडक विभागका सडक हेर्ने सुपरभाइजर इन्द्रसिं शेरचनले बताए ।

प्रकाशित : मंसिर २८, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?