२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भ्रमण वर्ष २०२० : पर्यटकीय गन्तव्यको प्रचार

रुपन्देही — प्रदेश सरकारले भ्रमण वर्ष अवधिभर यस क्षेत्रका नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने जनाएको छ । स्थापित पर्यटकीय क्षेत्रमा पाहुनालाई सहुलियत प्रदान र नयाँ गन्तव्य पहिचान गरेर प्रचारप्रसार गरिने प्रदेश पर्यटन मन्त्रालयले जनाएको छ । धेरै पर्यटक भित्रयाउने लक्ष्यलाई सघाउने उद्देश्यले काम गरिरहेको मन्त्रालयले जनाएको छ । 

भ्रमण वर्ष २०२० : पर्यटकीय गन्तव्यको प्रचार

प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष २०२० को तयारी स्वरुप लुम्बिनी भ्रमण वर्ष मनाइरहेको जानकारी दिएको छ । लुम्बिनी प्रदेशको मुख्य पर्यटकीय केन्द्र र विश्वकै चासोको स्थान भएकाले भ्रमण वर्ष मनाइएको मन्त्रालयका अधिकृत गणेश घिमिरे बताए । यस अवधीमा लुम्बिनीको मुलुकका विभिन्न जिल्लामा पुगेर प्रचार गरिएको उनले बताए । ‘पर्यटकीय स्थलको उजागर गर्नु भ्रमण वर्षको उद्देश्य हो,’उनले भने, ‘त्यसैले घुम्न जाऔं बर्दिया नारा राखेर भ्रमण वर्षको उद्घाटनस्थलका रुपमा बर्दिया रोजिएको छ ।’ पर्या–पर्यटन बिकास समिति ठाकुरद्धाराले बर्दिया भ्रमण वर्ष मनाइरहेको छ । स्थानीय व्यवसायी मुलुकका प्रमुख गन्तव्यमा पुगेका थिए । ‘बर्दिया जिल्ला पर्या–पर्यटन गन्तब्य हो,’ उनले भने, ‘त्यहाँ रहेका थारु समुदायका होमस्टे र संस्कृति पर्यटकले मन पराउँछन् ।’


घिमिरेका अनुसार बर्दियामा पाटे बाघ सजिलै देख्न सकिन्छ । हात्ती र जीप सफारीमा आकर्षण रहेको छ । बर्दिया जाने पर्यटकले प्रकृती र संस्कृतिलाई नियाल्न पाउने भएकाले भ्रमण वर्षको त्यहीबाट सुरुवात गर्न लागिएको उनले बताए । यसअघि लुम्बिनी भ्रमण वर्ष मनाउने क्रममा ठूला कार्यक्रम बुद्ध जन्मस्थलमा आयोजना गरिएका थिए ।


नेपाल भ्रमण वर्षकालागि केन्द्रबाट स्पेशल प्याकेज बनाउन सिफारिस गरिएको उनले जनाए । स्वर्गद्धारी प्रदेशको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । त्यहाँ भारतीय धर्मावलम्बीको आस्था जोडिएको छ । त्यहाँ श्रद्धालुले महाभिषेक गर्नेगरी प्याकेज तयार गरिएको उनले बताए । १६ मन्त्र उच्चारण गरी जल शेचन गरेपछि महाअभिषेक हुने भएकाले त्यही अनुसार तयारी पुरा भएको छ । भारतका बिहार र उत्तर प्रदेश लक्षित गरी १ लाख पर्यटक ल्याउने कार्यक्रम तय भएको छ ।


पूर्वी रुकुमको कमलदहमा आकर्षण बढेको छ । अहिले मध्यपहाडी लोकमार्गको स्तरोन्नती भइरहेको छ । उक्त मार्गबाट पोखरा आउने पर्यटक बुर्तीबाङ हुंदै कमलदह र सिस्ने हिमालसम्म पुगुन् भन्ने प्रदेश सरकारको लक्ष्य छ । ‘त्यसका लागि प्याकेज बनाउन केन्द्रमा सिफारिस गरिएको छ । त्यसले पोखरामा आउने पर्यटकलाई सहज अआवागमन हुने र हिमाल र प्रकृतिको मनोरम दृश्य अवलोकन गर्दै रमाउन पाउने छन्,’ उनले भने, ‘यसअन्तर्गत ढोरपाटन शिकार आरक्ष रहेको छ ।’


यस बाहेक प्रत्येक जिल्लामा २१ सदस्यीय जिल्ला पर्यटन प्रवर्द्धन समिती गठन गरिएको छ । प्रत्येक स्थानीय तहमा ११ सदस्यीय प्रचारप्रसार समिती बनाउनका लागि पत्राचार गरिसकिएको उनले बताए । केही दिनमा स्थानीय तह र जिल्लामा संरचना गठन हुनेछन । प्रदेश स्तरीय पर्यटन समिति रहेको छ । छिट्टै ११ सदस्यीय सचिवालय समिती बनाएर काम गर्ने तयारी छ । यसका लागि केन्द्रबाट २५ लाख रुपैयाँ प्राप्त भएको भएको छ । मन्त्रालयअन्तर्गतको २ करोड रुपैयाँ जिल्लागत कार्यक्रम, प्याकेज निर्माणमा खर्च गर्नका लागि विनियोजन भइसकेको छ ।


भ्रमण वर्षका प्रदेश संयोजक माधवप्रसाद नेपालले गन्तव्यको प्रचारका लागि १२ वटै जिल्लाका ब्रोसर, भिडियो डकुमेन्ट्री, होर्डिङ बोर्ड, प्रदेश पर्यटकीय प्रोफाइललगायतका काम यही वर्ष गरिने बताए । ‘विभिन्न कार्यक्रम हुनेछन् । पर्यटन क्षेत्रमा काम गर्ने हरेक व्यवसायीले आफ्नै दायित्व ठानेर काम गर्नुपर्नेछ,’ उनले भने, ‘आउने पर्यटकको बसाई लम्ब्याउन विभिन्न छुट तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । विभिन्न जिल्ला पुगी व्यवसायीलगायत सरोकारवालासँग छलफल भइरहेको छ ।’ यसैबीच पर्यटक आउने समयमा कस्तो खालको आतिथ्यता प्रदान गर्न सकिन्छ भन्ने विषयमा एउटा प्रशिक्षण गर्ने तयारीमा रहेको उनले बताए । ‘पर्यटनसित आबद्ध सबै संघसंस्थाले मिलेर साथ दिए सफल भइन्छ,’ उनले भने ।

प्रकाशित : मंसिर २२, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?