गुल्मीमा बालिका बलात्कृत

काठमाडौँ — जिल्लामा विद्यालय जान हिँडेकी बालिका बलात्कृत भएकी छन् ।

गुल्मीमा बालिका बलात्कृत

बिहीबार रुरु गाउँपालिकाकी १० वर्षीया बालिकालाई गाडी चालक ४१ वर्षीय भोजबहादुर सार्कीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । उनी भाइसँगै विद्यालय हिंडेकी थिइन् ।भाइलाई विद्यालयमा छोडिदिएर गाडी अलि अगाडि लगी झाडीमा जबरजस्ती करणी गरेको प्रहरीमा बालिकाले उजुरी दिएकी छन् ।


कसैलाई नभन्न भन्दै ३० रुपैयाँ बालिकालाई दिएको उजुरीमा उल्लेख भएको घलेले बताए । सार्कीलाई बिहीबार साँझ पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।




प्रकाशित : मंसिर २०, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?