२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

छोराद्वारा बाबुआमाको हत्या

रुपन्देही — जिल्लाको ओमसतिया ४ मा छोराले बाबुआमाको हत्या गरेका छन् । 

छोराद्वारा बाबुआमाको हत्या

शुक्रबार बिहान कोठामा ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया थागना यादवलाई धारिलो हतियार प्रहार कान्छो छोरा २८ वर्षीय गोरख यादवले हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

हतियार प्रहारपछि नारायणको घटनास्थलमै मृत्यु भएको थियो । उनकी श्रीमती थागनाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।


मानसिक सन्तुलन ठीक नभएकाले गोरखले आमाबुवाको हत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ । गोरख नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।


प्रकाशित : मंसिर २०, २०७६ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?