समायोजनमा देखिएको समस्या समाधान गरिने छ : मन्त्री त्रिपाठी

नवलपरासी — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाईने बताएका छन् ।

समायोजनमा देखिएको समस्या समाधान गरिने छ : मन्त्री त्रिपाठी

पश्चिम नवलपरासीको विभिन्न स्थानमा बुधबार आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने र कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकताअनुसार संशोधन गरिने जानकारी दिए ।


मन्त्री त्रिपाठीले प्रदेश र स्थानीय तहमा निरन्तर दुई वर्षसम्म बस्ने कर्मचारीलाई बढुवाको व्यस्थापन गरिने चर्चा गर्दै स्थानीय तहमा आर्थिक अनुशासन पारदर्शीतासहित बजेटको पूर्ण सदुपयोगका आधारमा केन्द्रबाट आवश्यकताअनुसार अनुदानको व्यवस्थापन गरिने बताए ।

प्रकाशित : मंसिर १८, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?