मूल्यवृद्धिको विरोधमा नेविसंघको चक्काजाम

कान्तिपुर संवाददाता

रुपन्देही — सरकारले इन्धनमा गरेको मूल्यवृद्धिप्रति नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै त्यसको विरोधमा उत्रेको नेविसंघले बुधबार बिहान बुटवलमा एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको नेविसंघ नेता छायाँ पोखरेलले बताए ।

नेविसंघले बुटवलको मिलनचोकमा बिहान ९ देखि १० बजेसम्म चक्काजामसहित विरोध प्रदर्शन गर्ने भएको हो।

प्रकाशित : मंसिर १७, २०७६ १६:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

काजल श्रेष्ठले जितिन् तेक्वान्दो ४६ केजी तौल समूहमा स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोको ४६ केजी तौल समूहमा नेपालकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । 

उनले मंगलबार भएको खेलमा पाकिस्तानकी सायद जादी सिद्रा बटोललाई ५०-१४ स्कोरले पराजित गरेकी हुन्।

पहिलो राउण्ड १४-९, दोस्रो २३-१ र तेस्रो राउण्डमा १३-४ ले पराजित गरेकी हुन्। समग्रमा ५०-१४ ले पराजित गरेकी हुन्।

प्रकाशित : मंसिर १७, २०७६ १५:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×