सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाललाई 

नारायण शर्मा

नवलपरासी — पत्रकार किशोर नेपाललाई सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ ।

सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाललाई 

प्रेस युनियन पूर्वी नवलपरासीद्धारा पन्ध्र वर्षअघि स्थापित पुरस्कार यस वर्ष नेपाललाई दिने निर्णय गरिएको युनियन नवलपरासीका अध्यक्ष विरेन्द्र पराजुलीले जानकारी दिए । पत्रकारिता क्षेत्रमा नेपालले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यो पुरस्कारले सम्मान गर्ने निर्णय भएको पराजुलीले जानकारी दिए ।


नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सूर्यभक्त र उनकी धर्मपत्नी पतनादेवीको स्मृतिमा छोरा मदनभक्त अधिकारीले राखेको अक्षयकोष रकमबाट हरेक वर्ष एक पत्रकारलाई सम्मान गरिँदै आइएको छ । पुरस्कार राशि २५ हजार नगद र ताम्रपत्र रहेको छ ।


यहि मङसिर २० गते शुक्रबार सूर्यभक्त स्मृति दिवसका अवसरमा कावासोतीमा आयोजित एक कार्यक्रममा यो पुरस्कार वितरण गरिने युनियनले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?