मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही — बुटवल उपमहानगरपालीका–१२ मा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आइतबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत रोकिराखेको भे १ बु १४४८ नम्बरको ट्रिपरमा ना ४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले बताए ।

मृत्यु हुनेमा सैनामैना–६ बस्ने २९ वर्षिय नविन कँडेल र ३१ वर्षिय दिपक पन्थ रहेको उनले जनाए । आइतबार राति १० बजेको समयमा तीव्र गतिका कारण मोटरसाइकल ठोक्किन पुुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ भने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।

प्रकाशित : मंसिर १६, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?