कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कोहलपुर–६ को उपनिर्वाचनमा नेकपाका थारु निर्वाचित

मधु शाही

बाँके — कोहलपुर नगरपालिका–६ को वडाअध्यक्ष पदमा नेकपाका रामशरण थारु विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा उनले ८ सय मत पाएर विजयी भएका हुन् । वडामा कुल मतदाता २ हजार २६ मध्ये ३ सय ९२ मत खसेको थिएन । कुल मतको ८० प्रतिशत मत खसेको थियो । यसमा १४ मत बदर भएको थियो । 

जसमा ७ सय ५१ पुरुष र ८ सय ८३ महिलाले मतदान गरेका थिए । कोहलपुर नगरपालिका पिपरिस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणनामा प्रतिद्धन्द्धी कांग्रेसका श्रीकृष्ण थारुले ७ सय ३६ मत मात्रै पाएका थिए । उनी विजयी रामशरणको भन्दा ६५ मतले पराजित भएका हुन् । त्यस्तै, राष्ट्रिय जनता पार्टीका श्रीधर सुवेदीले ६१ मत पाए । समाजवादी पार्टीका शुभाखर पोखरेलले १०, नेपाल मजदुर किसान पार्टीका दिपालक्ष्मी हमालले १३ मत पाए ।


२०७५ मंसिर ९ गते कोहलपुर–६ का पूर्वअध्यक्ष राममोहन थारुको निधन भएपछि उपचुनाव भएको हो ।

प्रकाशित : मंसिर १५, २०७६ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?