कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ऐरावतीका दुवै वडामा नेकपा विजयी

गिरुप्रसाद भण्डारी

प्यूठान — वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्यूठानको ऐरावती गाउँपालिकाका दुईओटै वडाहरुमा नेकपाका उम्मेदवार विजयी भएका छन् । ऐरावती–१ मा नेकपाका द्रोणप्रसाद पाण्डे र २ मा भिमेशकुमार घर्ती विजय भएका हुन् ।

ऐरावती–१ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र २ मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष केशवराज आचार्य समन्वय समितिकै प्रमुख भएपछि उपनिर्वाचन भएको हो । केन्द्रमा नेकपा र राष्ट्रिय जनमोर्चाको तालमेल भएपनि जिल्लामा नेकपाले तालमेल उल्ल्घंनगरी नेकपाले भिमेशकुमार घर्तीलाई निर्वाचनमा होमेको थियो । उनी स्वतन्त्ररुपमा लठ्ठी चिन्ह लिएर उठेका थिए ।


भिमेशको विजयसँगै राष्ट्रिय जनमोर्चाले ऐरावती–२ गुमाएको छ । पाण्डेले ६९६ मत लिएर नेपाली कांग्रेसका अमररेश्मी मगरलाई सानो अन्तरले मात्रै पराजित गरेका हुन् । अमरले ६८७ मत ल्याएका थिए । मतान्तर जम्मा ९ मात्र रहेको छ । ऐरावती–२ मा नेकपाका भिमेशकुमार घर्तीले ८५५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी राष्ट्रिय जनमोर्चाका भक्तबहादुर विकले ४०४ मत ल्याएका छन् । यहाँ नेपाली कांग्रेसका भुपाल जीसीले ३५६ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर १५, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?