कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दाङ-३ ‘ख’मा नेकपाको अग्रता

दुर्गालाल केसी

दाङ — दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेससभा ‘ख’ मा भएको उपनिर्वाचनमा नेकपाले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । नेकपाका उम्मेदवार विमलाकुमारी खत्रीले ४ हजार ६ सय ८२ मत ल्याएकी छिन् भने नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्माले ३ हजार ४ सय ४६ मत प्राप्त गरेका छन् ।

दाङ-३ ‘ख’मा नेकपाको अग्रता

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका छोटीलाल थारुले १५, साझा पार्टीका शिवकुमार चौधरीले २८, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगीले १५, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार र नेकपा मालेका हरिप्रसाद डाँगीले ५/५ मत ल्याएका छन् ।


घोराहीस्थित जिल्ला समन्वय समितिको सभाहलमा बिहानदेखि मतगणना जारी छ । उक्त क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता रहेकोमा ४५ हजार ७ सय १८ मत खसेको मुख्य निर्बाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रकाशित : मंसिर १५, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?