१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्यूठान–२ मा नेकपा विजयी

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार मुक्तिप्रसाद पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका मोहनसिह विष्टलाई २ सय ८४ मतान्तरले पछि पार्दै पोखरेल विजय भएका हुन् । पोखरेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । २५ मत बदर भएको छ । 

प्यूठान–२ मा नेकपा विजयी

वडामा ३ हजार २१ जना मतदातामध्ये १ हजार ९ सय ९५ जनाले मतदान गरेका थिए ।


यहाँ यसअधि पनि नेकपाले नै विजय प्राप्त गरेको थियो । तत्कालीन एमालेबाट विजयी चेतबहादुर विष्टको क्यान्सरका कारण मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।



प्रकाशित : मंसिर १५, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?