चरेससहित एक पक्राउ 

हरि गौतम

रुकुम पूर्व — प्रहरीले झण्डै दुई किलो अवैध लागूऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले भूमे गाउँपालिका–२, खाबाङ खालपाटेका पूर्णबहादुर पुन मगरलाई १ किलो ८ सय ग्राम चरेससहित पक्राउ गरेको हो ।

चरेससहित एक पक्राउ 

आफ्नै घरमा चरेस लुकाएर राखेको गोप्य सूचनाका आधारमा खानतलासी गर्दा चरेस भेटिएपछि पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो ३ बजे पक्राउ परेका पुन विरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।


प्रकाशित : मंसिर १४, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?