२५ हजार घुससहित पक्राउ 

अमृता अनमोल

बुटवल — लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीका लेखापाल रत्नेश्वर तिवारी २५ हजार घुससहित पक्राउ परेका छन् । 

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरीदमा कमिसन लिँदै गर्दा आइतबार दिउँसो उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो । कार्यकक्षबाटै पक्राउ परेका तिवारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

प्रकाशित : मंसिर ८, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?