कृषिमा अल्झेको गुजारामुखी श्रमलाई उद्यममा परिणत गर्नुपर्छ : कृषिमन्त्री भुसाल

माधव ढुंगाना

भैरहवा — कृषि मन्त्री घनश्याम भुसालले परम्परागत कृषिमा अल्झेको गुजारामुखी श्रमलाई उद्यममा परिणत गर्न आफू केन्द्रित रहने बताएका छन् ।

कृषिमा अल्झेको गुजारामुखी श्रमलाई उद्यममा परिणत गर्नुपर्छ : कृषिमन्त्री भुसाल

मन्त्री बनेपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुग्ने क्रममा भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा शनिबार लुम्बिनी प्रेस क्लव रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले उक्त कुरा बताएका हुन् ।


परम्परागत कृषिमा अल्झेको गुजारामुखी श्रमलाई उद्यममा परिणत नगरेसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएको उनले बताए ।


आफू मन्त्री बन्दा सरकारको बजेट, नीति तथा कार्यक्रम पारित भएको धेरै समय बितिसकेकाले कृषिको क्षेत्रमा परिवर्तनकारी धेरै कुरा गर्नु भन्दा विद्यमान कृषि नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो बढी भूमिका रहने उनले जनाए ।


पञ्चायतकालदेखि नै नेपाली किसानले भोग्दै आएको उपयुक्त मौकामा मलखाद र बीउबिजन नपाउने परम्परागत समस्या समाधान गर्ने उनले बताए । ‘राजा छन्, सरकार छ तर समयमा किसानले मलखाद र बीउबिजन पाउँदैनन् भन्दै मैले नै पञ्चायतकालदेखि भाषण गर्दै आएको हुँ,’ मन्त्री भुसालको कथन थियो, ‘चालीस वर्षदेखि एउटै समस्याले पिरोल्दै आएकोले हामी कस्तो समस्यासँग जुध्दै आएका रहेछौं त ?’

प्रकाशित : मंसिर ७, २०७६ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?