२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जिल्ला समन्वय प्रमुखको निधन 

जिल्लाका सबै स्थानीय तह र विद्यालय बिदा
माधव अर्याल

पाल्पा — जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको ६८ वर्षको उमेरमा निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य समेत रहेका बस्यालको हिजो दिउँसो उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । 

जिल्ला समन्वय प्रमुखको निधन 

तानसेनको मिशन अस्पतालमा उपचार गराइरहेका बस्यालको फोक्सोमा पानी भरिएको देखिएपछि काठमाडौं लगिएको थियो । बस्याललाई मधुमेह र उच्च रक्तचाप थियो । २००९ साल बगनासकाली गाउँपालिकाको यम्घामा जन्मेका बस्याल कम्युनिष्ट पार्टीको संगठन, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियान सक्रिय व्यक्ति हुन् । पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेका तत्कालीन जिल्ला पञ्चायतको जनपक्षीय उपसभापति र उपसभापति पदमा रहादा विद्रोह गरेर प्रजातन्त्रको पक्षमा लागेका हुन् ।


बस्याललाई श्रद्धाञ्जली दिन प्रदेश ५ का भौतिक योजनामन्त्री बैजनाथ चौधरी, संघीय, प्रदेश सांसद साथै जिल्लास्तरीय सबै राजनीतिक दलका नेताहरु जम्मा भएका थिए । जिल्ला समन्वय समितिको प्राङ्गणबाट नेकपा कार्यालय हुँदै टुँडिखेलमा अन्तिम श्रद्धान्जली दिएपछि कालीगण्डकी नदीको राम्दीघाट लगिएको छ । बस्यालका २ छोरा र २ छोरी छन् ।


जिल्ला समन्वय समितिका बहालवाला प्रमुख भएकाले जिल्लाका सबै स्थानीय तह, शिक्षणसंस्था बिदा दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाईको शिक्षा समितिका अध्यक्ष भएकाले पनि विद्यालय बिदा दिइएको छ । स्थानीय तहका सबै जनप्रतिनिधिले श्रद्धाञ्जली सभा गर्ने र शोक पुस्तिका राखेर एक दिनका लागि बिदा दिइएको छ ।

प्रकाशित : मंसिर ६, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?