३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चरेससहित  ५ जना पक्राउ

बर्दिया — प्रहरीले ५८ किलो चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । गुलरिया–७ भन्सार रोडमा शंकास्पद रूपमा हिंडिरहेको अवस्थामा खान तलासी गर्दा उनीहरूबाट चरेस फेला पारेको प्रहरी नायब उपरीक्षक रामशंकर कोहारले जनाए ।

झोलामा चरेस बोकेर उनीहरू दाङबाट बस चढेर नेपालगन्ज हुँदै गुलरियाबाट भारत जाँदै थिए । पक्राउ परेका गुलरिया हुँदै भारत दिल्ली पुर्‍याउन लागेको चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूले प्लास्टिकको दुई दर्जन पोकामा प्याक गरी चरेस ल्याएका थिए । भन्सार रोडस्थित टाँगा स्ट्यान्डमा ट्राफिक प्रहरीसहित सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक सुनील बस्यालको टोलीले खानतलासी गर्ने क्रममा चरेस फेला परेको हो ।


पक्राउ पर्नेमा पूर्वी रुकुमको थबाङ घर भई दाङ घोराही बस्दै आएका २४ वर्षीय राजकुमार पुनमगर, पूर्वी रुकुम भुमे गापा घर भई हाल मुसीकोट गापा–१ बस्ने २७ वर्षीया जूनतारा पुन महत, त्यस्तै पूर्वी रुकुमकै भुमे गापाका ३४ वर्षीया सुनथामी पुनमगर, पूर्वी रुकुम साविक तक्सेरा गाविस–९ हाल पुथा उत्तरगंगा गापाकी ३६ वर्षीया अस्मिता रामजाली र रोल्पा पाछावाङ–४ घर भई दुई खोली–८ का २९ वर्षीय खिमप्रसाद रोका मगर रहेको प्रहरीले जनाएको छ । सँगै आएका दुई जना फरार छन् । पक्राउ गरिएकाबाट पाँच थान मोबाइल, ३२ हजार ५ सय ९८ रुपैयाँ भारुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?