कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

५८ किलो चरेससहित पाँच पक्राउ

कमल पन्थी

(बर्दिया) — प्रहरीले शनिबार राति विशेष सूचनाका आधारमा ५८ किलो चरेससहित पाँचजनालाई पक्राउ गरेको छ । गुलरिया-७ भन्सार रोडमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा खान तलासी गर्दा उनिहरुबाट ठूलो परिमाणको चरेस फेला परेको प्रहरी नायव उपरिक्षक राम शंकर कोहारले बताए ।

५८ किलो चरेससहित पाँच पक्राउ

पक्राउ पर्नेमा पूर्वी रुकुम खवाङ गापा—१ घर भई दाङ घोराही बस्दै आएका २४ वर्षिय राजकुमार पुनमगर, पूर्वी रुकुम कास्की भुमे गापा घर भई हाल मुसिकोट—१ की २७ वर्षिया जुनतारा पुन, महत गापा—२ घर भई हाल भुमे गापाका ३४ वर्षीया सुनथामी पुनमगर, तक्सेरा गापा—९ हाल पुथा उत्तरगंगाकी ३६ वर्षिया अस्मिता रामजाली र रोल्पा पाछावाङ—४ घर भई दुई खोली—८ का २९ वर्षिय खीम प्रसाद रोका मगर रहेकाछन् ।


दाङमा उक्त चरेस १६ हजार रुपैयाँ किलोमा बेचबिखन हुने गरेको पक्राउ परेकाहरुले बताएका छन् । भारतमा लैजान लागेको उक्त चरेस भरियाका रुपमा प्रयोग गरिएको अनुमान प्रहरीको छ । भारतमा प्रति किलो ५० हजार रुपैयाँमा खरिद बिक्री हुने गरेको छ । करिब बीस वर्ष अघि ९० किलो चरेश प्रहरीले बरामद गरेपछि अहिले सबैभन्दा ठुलो परिमाणको फेला परेको हो ।



प्रकाशित : मंसिर १, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?