अवैध हतियारसहित पक्राउ परेका शाहको रिहाइ माग गर्दै बाँके बन्द 

मधु शाही

बाँके — शुक्रबार बिहानदेखि  नेपालगञ्ज र कोहलपुरको जनजीवन बन्दले प्रभावित भएको छ । नेपाली कांग्रेसको भातृसंगठन तरुण दल बाँकेले गरेको बन्दले जनजीवन प्रभावित भएको हो । केहि साताअघि तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई हतियार सहित बाँके प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेका शाहको रिहाइ आव्हान गर्दै कांग्रेसले विरोध जनाएको हो । उनीहरुले प्रहरी प्रशासन सरकारको आडमा मनोमानी गरेको आरोप लगाएका छन् । कार्तिक १४ गते शाहलाई बाँके प्रहरी प्रशासनले बेलुका नेपालगञ्जको नमस्ते भिलेज रिसोर्टबाट हतियारसहित पक्राउ गरेको थियो ।

अवैध रुपमा रहेको अमेरिकन लोडेड पेस्तोल २ र दुई थान गोली समेत बरामद गरेको थियो । बन्दले कोहलपुर, नेपालगन्जको चोकहरु प्रभावित भएका छन् । कोहलपुर हुँदै काठमाडौंबाट नेपालगन्ज आउने रात्रीबस चप्परगौडीमा रोकिएका छन् । २० मिनेटको अवधिमा नेपालगञ्ज पुगिने भएपनि काठमाडौंका यात्रु कोहलपुरमै अलमल पर्न बाध्य छन् । चोकचोकमा झन्डा राखेर यातायातमा सञ्चालनमा रोक लगाइएको छ ।

फ्याट्टफुट्ट साइकल र रिक्सा भने चलेका छन् । पक्राउ परेका शाहको रिहाइ नहुँदासम्म अनिश्चितकालीन बन्द गर्ने तरुण दल बाँकेले जनाएको छ । जिल्ला प्रहरी बाँकेका डिएसपी शिव सिंहले भने छलफल गरेर सकेसम्म बन्द फिर्ता लिने प्रयास भइरहेको बताए ।

प्रकाशित : कार्तिक २९, २०७६ १०:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फेरि सस्तो आइफोन १

हेलो टेक
हेलो शुक्रबार

सन् २०१६ मा एप्पलले आइफोन एसई नाम दिएर सस्तो आइफोन सार्वजनिक गरेको थियो । आइफोनको बिक्री घटेका बेलामा एप्पलले ल्याएको सस्तो आइफोनले धेरै प्रयोगकर्ताको ध्यान आकर्षित गर्‍यो । रुचाइयो पनि ।

आगामी मार्चमा एप्पलले आइफोन एसई टु नाम दिएर सस्तो आइफोनको अर्को मोडल ल्याउने खबर आएको छ । करिब ४ सय अमेरिकी डलर मूल्य रहने अनुमान गरिएको आइफोनमा ४.७ इन्चको स्क्रिन हुनेछ । यसमा एप्पलकै ए थर्टी प्रोसेसर प्रयोग गरिने समाचारहरूमा उल्लेख छ । यो आइफोन ६४ जीबी र १ सय २८ जीबी मोडलमा उपलब्ध हुनेछ भने ३ जीबीको र्‍याम रहनेछ । यसको डिजाइन र अन्य फिचर आइफोन एटको जस्तो हुने अनुमान छ ।

प्रकाशित : कार्तिक २९, २०७६ १०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT