कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युज फेस्टिभलको तयारी

कान्तिपुर संवाददाता

रूपन्देही — लुम्बिनीमा आइतबारदेखि हुन लागेको न्युज फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । 

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले फेस्टिभलको ९० प्रतिशत तयारी पूरा भएको बताए । क्लबले संघीयता कार्यान्वयन, न्यु मिडियामा पछिल्लो समयमा देखिएको ट्रेन्ड, विषयवस्तुको उठानका लागि पत्रकारले खेल्नुपर्ने भूमिका र अहिलेको अवस्थाका विषयमा चिरफार गर्न फेस्टिभलको आयोजना गरेको हो । तीन दिनसम्म चल्ने फेस्टिभलमा काठमाडौंबाट दुई दर्जन मूलधार मिडियाका सम्पादक, पत्रकार महासंघका पूर्वअध्यक्ष, महासंघका प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारको सहभागिता रहने कार्यक्रमका संयोजक दीपेन्द्र बढुवालले बताए । कार्यक्रममा १३ विषयवस्तुमा छलफल हुनेछ ।


लुम्बिनीको महत्त्व, प्रभाव र सम्भावनाका विषयमा कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले विश्लेषण गर्नेछन् । पश्चिम नवलपरासीको रामग्राम स्तूप, लुम्बिनीका मायादेवी मन्दिर एवं बौद्ध विहार र लुम्बिनी बाहिरको तिलौराकोटमा पत्रकारलाई स्थलगत अवलोकन गराइनेछ ।


प्रकाशित : कार्तिक २९, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?