कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लागूऔषधसहित ४ पक्राउ

कमल पन्थी

(बर्दिया) — प्रहरीले गुलरिया—७ भंसार रोडस्थित १४ ग्राम लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।

गुलरिया—५ कृष्णसार टोलका २७ वर्षीय रोजन पुरी, मधुवन—२ का १९ वर्षीय दिनेश नेपाली, मधुवन—६ का २२ वर्षीय सन्तोष थापा र सोही नपा—५ का १९ वर्षीय खगेन्द्र शाहीलाई भारतबाट खरिद गरी ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पुरी र नेपालीबाट ५ पुरिया ४ ग्राम लागूऔषध ब्राउनसुगर र भे ८ प ७८३ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक लक्षमण वलीले बताए ।


भारतमा खरिद गरी ल्याउने क्रममा भे ७ प १७८ नम्बर मोटरसाइकल प्रहरीले रोकेर जाँच गर्दा थापा र शाहीबाट १० पुरीयामा १० ग्राम लागूऔषध बरामद गरेको छ । उनीहरुबाट एक थान चक्कु र ९ हजार रुपैयाँ नगद पनि बरामद भएको प्रनि वलीले बताए । चारै जनाविरुद्ध लागूऔषध कारोबार मुद्दामा कारबाही चलाएको प्रहरीले जनाएको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?