२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हत्या आरोपमा २ जना पक्राउ

घनश्याम गौतम

(रुपन्देही) — गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार बागलुङको गल्कोट नगरपालिका–८ थालेपोखराका माधव सुनार र पूर्णबहादुर सुनार पक्राउ परेका हुन् । घटनामा संलग्न एक जना फरार छन् ।

हर्राचौरको चौराली पोखराको जंगलमा कात्तिक १६ गते दुई बालिकासहित एक महिलाको विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । मृतक तीनै जनाको पहिचान खुलेको छैन ।


पक्राउ परेकाको प्रारम्भिक बयानमा उनीहरु कानेपोखरी गाउँपालिका–३ कानेपोखरी मोरङका रहेको जानकारी खुलेको छ । पक्राउ परेकालाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले पक्राउ परेका दुवै जनालाई गुल्मी ल्याएपछि थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए ।

प्रकाशित : कार्तिक २८, २०७६ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?