घोराहीमा ७ जनाको उम्मेदवारी

कान्तिपुर संवाददाता

दाङ — मंसिर १४ मा हुने उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्षमा पाँच राजनीतिक दल र दुई स्वतन्त्र गरी सात जनाको उम्मेदवारी दर्ता भएको छ । 

नेकपाबाट सुरेशबहादुर केसी र कांग्रेसबाट ताराबहादुर डीसीको उम्मेदवारी दर्ता भएको छ । नेकपाका जगलाल चौधरीले बागी उम्मेदवारी दिएका छन् । यसैगरी राप्रपाबाट प्रकाश केसी, समाजवादीबाट विमला पुन, नेसनल मंगोलबाट पहलमान आले मगर र स्वतन्त्रबाट समिर वलीको उम्मेदवारी परेको छ । वडाध्यक्ष लछिनप्रसाद बुढाको मृत्यु भएपछि पद खाली भएको हो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।


बुढाकी श्रीमती लालमती बुढालाई उम्मेदवार नबनाएको भन्दै उनका परिवार र समर्थकले जगलाल चौधरीलाई उम्मेदवार बनाएका हुन् । चौधरी मगर र थारु समुदायको उल्लेख्य सहभागितामा बाजागाजासहित उम्मेदवारी दर्ता गर्न गएका थिए । अन्य राजनीतिक दलहरूले पनि बाजागाजा र झाँकीसहित उम्मेदवारी दर्ता गरेका थिए । वडामा ४ हजार ४ सय ५३ मतदाता छन् । जसका लागि दुई मतदान स्थल र पाँच केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित : कार्तिक २८, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?