कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आजदेखि अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ

कान्तिपुर संवाददाता

लुम्बिनी — दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) लुम्बिनीमा बिहीबारबाट सुरु हुने भएको छ । लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भ्रातृत्वको सन्देश फैलाउन पाठ गर्न लागिएको हो । लुम्बिनीस्थित पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउको उत्तरतिर कात्तिक २८ देखि ३० सम्म तीन दिन पाठ हुनेछ ।

कार्यक्रममा सहभागी हुन लाइट अफ बुद्धधर्म फाउन्डेसन इन्टरनेसनल अमेरिकाका अध्यक्ष वाङवो डिसेको नेतृत्वमा १ सय १९ विदेशी भिक्षु लुम्बिनी आएका छन् । म्यानमार, भियतनाम, थाइल्यान्ड, श्रीलंका, मलेसिया, ब्राजिल र अमेरिकाका भिक्षु भारतको कुशीनगर हुँदै यहाँ आएका हुन् ।


‘२५ मुलुकका पाँच सयभन्दा बढी विदेशी भिक्षु/भिक्षुणी त्रिपिटक च्यान्टिङमा सहभागी हुन आएका छन्,’ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ आयोजक समिति अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘त्यत्तिकै संख्यामा नेपाली भिक्षु, गुरुमा र अनागरिका पनि सहभागी हुनेछन् । यसले लुम्बिनीको गौरव विश्वभरि बढ्नेछ ।’ कार्यक्रम सफल पार्न सबै तयारी पूरा भएको उनले बताए । विभिन्न ११ उपसमिति सक्रिय भएर काम गरिरहेका छन् । बौद्ध धर्मग्रन्थ त्रिपिटकको लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको कुरा भएको उनले बताए । बिहीबार बिहान ९ बजेदेखि च्यान्टिङ सुरु हुनेछ । सुरुमा थेरवादी नेपाली भिक्षुले त्रिपिटक पाठ गर्नेछन् । दोस्रो दिन ८ बजेदेखि सुरु हुने पाठमा कम्बोडिया र कोरियाका भिक्षु सहभागी हुनेछन् ।


जापानी भिक्षुको नेतृत्वमा पिस वाक

दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङको अवसर पारेर बुधबार शान्तिको सन्देश फैलाउँदै ४० भिक्षुले पिस वाक गरेका छन् । जापानी भिक्षु सातो ताचेमाको नेतृत्वमा उनीहरूले रामग्राम, लुम्बिनी र तिलौराकोटको पैदल यात्रा पूरा गरेका हुन् । उनीहरूलाई कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष रुद्रप्रकाश गैरेले तिलौराकोटमा स्वागत गरेका थिए । बुधबार बेलुका उनीहरू लुम्बिनी आइपुगेका छन् ।


प्रकाशित : कार्तिक २८, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?