कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाहुनाका लागि आवास

कान्तिपुर संवाददाता

रुकुम पूर्व — विशिष्ट तथा अति विशिष्ट पाहुनाका लागि जिल्लामा आवास गृह बनाइने भएको छ । सिस्ने गाउँपालिका–५, बाहुनठानामा ११ कोठे व्यक्तिगत घर भाडामा लिएर प्रदेश ५ सरकारको सहयोगमा जिल्ला समन्वय समितिले आवास बनाउन लागेको हो । 

आवास निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा हरेक वर्ष १५ लाख रुपैयाँका दरले बजेट उपलब्ध गराइनेछ । यस वर्षको १५ लाख बजेटबाट घरभाडा, त्यसको व्यवस्थापन र आवास गृहका लागि कर्मचारीको व्यवस्थापन गरिने जनाइएको छ । हाल घरको व्यवस्थापनको काम भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । ‘छुट्टै जिल्ला बनेपछि भीआईपी र भीभीआईपीको आउजाउ बढेको छ,’ जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले भने, ‘सरकारी आवास गृह नभएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निजी घर भाडामा लिएर भए पनि आवास गृह बनाउन लागिएको हो ।’ आवास गृह नबन्दासम्म भाडाकै घरमा आवास गृह सञ्चालन हुने उनले बताए ।


मन्त्री, सांसद, उच्च स्तरका कर्मचारीलगायत बस्ने गरी आवास बनाइने ओलीले बताए । केही समयमै आवास गृह सञ्चालनमा आउनेछ । प्रदेश मुख्यमन्त्री शंकर पोखरेलको जिल्ला भ्रमणअगावै आवास गृह तयार भइसक्ने ओलीले जानकारी दिए । मुख्यमन्त्री पोखरेलले आगामी मंसिर ४ देखि ६ सम्म जिल्ला भ्रमण गर्दै छन् । ०७४ असोज १९ मा रुकुम पूर्व छुट्टै जिल्ला भएको थियो । त्यसयता जिल्लामा आउने विशिष्ट पाहुनालाई आवासको समस्या छ । कति विशिष्ट पाहुना त रुकुम पश्चिमसमेत गएर बस्ने गरेका थिए ।


प्रकाशित : कार्तिक २७, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?